पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवबाहेक हिउँले ढाकिएको सबैभन्दा ठूलो भूभाग– ‘तेस्रो ध्रुव’ भनेर चिनिने हिन्दुकुश हिमालय क्षेत्र— आज इतिहासकै सबैभन्दा गम्भीर र अभूतपूर्व अस्तित्वको संकटबाट गुज्रिरहेको छ। नेपालजस्ता भूपरिवेष्ठित र हिमाली राष्ट्रहरूका लागि हिमाल केवल सौन्दर्य, धार्मिक आस्था वा पर्यटनका स्रोतमात्र होइनन्, यी त यस उपमहाद्वीपका अर्बौं मानिसका जीवनरेखा हुन्। तर, तीव्र औद्योगिकीकरण र जलवायु परिवर्तनको रापले यी हिउँका थुप्राहरूलाई तीव्र गतिमा पग्लँदै गरेका पानीका थोप