यसै वर्षको भदौ १० र १४ गते त्रिशूली नदीमा बाढी आयो। लगत्तै कालीगण्डकीमा पनि बाढी आयो। असोज २५ गते बुढीगण्डकीमा पनि अकल्पनीय ढंगले बाढी आयो। यी बाढीहरूले ठूलो परिमाणमा जनधनको क्षति पुर्याए। कतिपय मानिसहरूले आफ्नो जीवनकालमा यसरी घाम लाग्दै गर्दा बाढी आएर नदीहरूको यतिविघ्न विकराल रूप कहिल्यै देखेका थिएनन्। यी बाढीहरूबाट हामीले के शिक्षा लिन सक्छौं भन्ने विषयमा यो लेख केन्द्रित छ।बाढीहरूको धार्मिक व्याख्यायो साल ‘रौद्र’ नामको संवत्सर हो। कुल ६० वटा संवत्सरमध्ये यो ५५औं संवत्सर हो, ज