सङ्खुवासभा : सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा आगामी मङ्सिर ५ गतेदेखि ८ गतेसम्म ‘चिचिला महोत्सव’ आयोजना हुने भएको छ। चिचिला गाउँपालिकाको आयोजनामा पर्यटन प्रवर्द्धन तथा स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले यो महोत्सव गर्न लागिएको हो।स्थानीय उत्पादनको बजारीकरण, विभिन्न जातजातिका मौलिक कला तथा संस्कृतिको संरक्षण र स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पासाङ नु