सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित

  • मङगलबार २ मंिर २०८३ ०५:१७ AM
विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ संस्था तथा एक व्यक्ति उत्कृष्ट करदाताका रूपमा घोषित भएका छन् । आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र र कारोबार समूहमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरेको हो । उत्कृष्ट करदाताको सूचीमा निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सूर्य नेपाल प्रालि परेको छ ।