काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। मंगलबार बिहान १ बजेतिर सामान्य विवाद हुँदा अन्दाजी ४२ वर्षीय मनोज कार्कीले आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया सानु कुमारी कार्कीलाई ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो ।घटनाबारे राति सवा एक बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनामा संलग्न मनोज कार्कीलाई नियन्