सुन-चाँदीको मूल्यमा आज पनि गिरावट,तोलाको कति पुग्यो ?

  • मङगलबार २ मंिर २०८३ ११:०० AM
काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य १ हजार ९०० र चाँदी ३० रुपैयाँले घटेको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार  २०० कायम भएको छ। अघिल्लो दिन सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार १०० पुगेको थियो। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो।