काठमाण्डु- भक्तपुरको सूर्यविनायकका राम श्रेष्ठले ३०० रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत श्रेष्ठ विजेता बनेका हुन्। कार्तिक १६ देखि ३० गतेसम्मको कारोबारमध्येबाट छनोट भएका श्रेष्ठलाई गभर्नर विश्वनाथ पौडेलले १० लाख रुपैयाँको उपहार विजेता घोषणा गरेका हुन्। सोही अवसरमा यसअघिका