काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । भोलिदेखि सुरु हुने पार्टीको राष्ट्रिय भेलाको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । एमालेले राष्ट्रिय भेलाअघि स्थायी कमिटी बैठक बोलाएको हो ।