काठमाडौं : वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनको बाटोबाट बिचलित हुँदै स्वेच्छाचारी शासनतर्फ अग्रसर भएको एमालेले आरोप लगाएको छ। मंसिर २ र ३ गते हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको, आफ्नै पार्टीको बैठकमा सहभागी नहुने र प्रतिपक्षसँग संवादसमेत नगर्ने भन्दै प्रधानमन्त्रीको कार्यशैलीलाई अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादी संज्