कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामरुप बढईको निधन भएको छ ।मुटु रोगबाट ग्रसित बढईको भारतमा उपचारका क्रममा गएराति निधन भएको हो ।वडा अध्यक्षको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महाराजगञ्ज नगरपालिकाले आज (मगंलबार ) शोक बिदा दिएको जनाएको छ ।