विराटनगर : दसैंदेखि छठसम्म ३७ दिनको अवधिमा मोरङमा २१९ वटा आपराधिक तथा दुर्घटनाजन्य घटना भएका छन् । प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न २०६ जनालाई पक्राउ गरेको छ ।अदालतबाट दोषी ठहर भई फरार रहेका ४७ जना प्रतिवादीलाई समेत चाडपर्वकै अवधिमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार छिटपुट आपराधिक घटना र सवारी दुर्घटना भए पनि यस वर्षका दसैं, तिहार र छठसमेतका ठूला चाडपर्व जिल्लामा तुलनात्मक रूपमा शान्तिपूर्ण रहे । विगतका वर्षमा जस्तो सामूहिक अपराध, ठूला आपराधिक घटना तथा शान्ति सुरक्षामा गम्भीर