काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका विद्यमान चुनौती समाधान गर्दै विकास, पूर्वाधार, प्रविधि र क्षेत्रीय सहकार्यका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा उपयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस नेपाल) र सेन्टर फर पिस स्टडिज (सीपीएस) को संयुक्त आयोजनामा सोमबार भएको कार्यक्रममा सहभागी विज्ञहरूले प्रधानमन्त्रीको भारत भ्रमणलाई द्विपक्षीय सम्बन्धको नयाँ आधार तयार गर्ने अवसरका रूपमा ल