काठमाडौं : स्थानीय तह निर्वाचनको मिति घोषणा नहुँदै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिन थालेका छन्। निर्वाचन आयोग चैत पहिलो साताभित्र चुनाव गराउने तयारीमा सरकारसँग मिति घोषणाका लागि दबाब बढाइरहेको छ भने दलहरू उम्मेदवार छनोट, संगठन परिचालन र जनमत परीक्षणमा जुटेका छन्। सत्तारूढ रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवार खोज्न थालेको छ। प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी चुनाव केन्द्र्रित गति