के छन् प्रधानमन्त्रीको दुई दिने भ्रमणका एजेन्डा ?

  • मङगलबार २ मंिर २०८३ ०८:०० AM
काठमाडौं:  प्रधानमन्त्री वालेन्द्र शाहले आगामी ६ मंसिरमा छिमेकी भारत भ्रमणमा जाने करिब निश्चित भएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक मिति र एजेन्डा भने सार्वजनिक गरेको छैन।परराष्ट्र स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह ६ मंसिर दिउँसो १:२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली जानेछन्। ७ मंसिर अपराह्न ४:२० बजे निगमको नियमित उडानबाटै प्रधानमन्त्री काठमाडौं फर्कने तयारी छ। दिल्लीमा उनको बसाई करिब २५ घण्टाको हुनेछ।भारतीय विदेश स