काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (मंगलबार) पहिलो क्वालिफायरको खेल हुँदै छ । अंकतालिकामा ६ टोलीलाई पछि पार्दै शीर्ष दुई स्थानमा रहेका साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच अपरान्ह ५ बजे पहिलो क्वालिफायरका लागि प्रतिस्पर्धा हुन लागेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो भिडन्त केवल फाइनल प्रवेशको लडाइँ मात्र नभई फरक लक्ष्य बोकेका दुई महत्वाकांक्षी टोलीबीचको प्रतिष्ठाको लडाइँसमेत हो । एकातिर लगातार दोस्रो