मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवा आज रातिदेखि उत्साहपूर्वक सुरु भएको छ । यो पर्व भाई–बहिनीबीचको अमर प्रेम र आत्मीय सम्बन्धको प्रतीकका रूपमा मनाइँदै आएको छ । यो पर्व मिथिला क्षेत्रमा परापूर्व कालदेखि निरन्तर चल्दै आएको सांस्कृतिक परम्परा हो । यसमा विशेषगरी सतभैया, समा, चकेवा, माली, चुगला लगायतका रंगीचंगी माटोका मूर्तिहरू, बाँसका डालामा रंगीन सजावटका साथ परम्परागर्त