नयाँ अनुहार कि नयाँ संस्कार

  • मङगलबार २ मंिर २०८३ ०७:०० AM
जलवायु परिवर्तनले नखाएको विष नेपाललाई लागेको जस्तो भएको छ। कार्बन उत्र्सजनमा खास भूमिका नभए पनि सबैभन्दा धेरै जोखिमको देशमध्ये नेपाल अग्रपंक्तिमा छ। यही वर्ष पनि भोटेकोशी प्रलय नेपालले भोग्यो, जसको एक प्रमुख कारण जलवायु परिवर्तन नै थियो। हानिनोक्सानी बेहोर्ने तर क्षतिपूर्ति नपाउने अवस्था छ। तसर्थ यो मुद्दा नेपालको प्राथमिक मुद्दा हो। अन्तर्राष्ट्रिय मञ्चहरूमा र झन् जलवायु सम्मेलनमा नेपाल मुखर हुनै पर्छ। टर्कीमा भइरहेको जलवायु सम्मेलन (कोप–३१) यो मुद्दा छलफलको खास थलो पनि हो। यसको