८ टोली, ३२ खेल र करोडौंको कारोबार

  • मङगलबार २ मंिर २०८३ ०७:०० AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिकता, प्रतिस्पर्धा र लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याएको  छ। आठ फ्रेन्चाइज टोलीको सहभागिता, विश्व क्रिकेटका चर्चित खेलाडीको उपस्थिति, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, बढ्दो पुरस्कार राशि र दर्शकको आकर्षणले यसपटकको एनपीएललाई थप चर्चित बनाएको छ।कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको लिग चरणका खेल सम्पन्न भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका खेल