काठमाडौं: सरकारले मंसिरको तेस्रो सातासम्म संघीय संसद् अधिवेशन आह्वान गर्ने तयारी गरेको छ। अधिवेशन सुरु भएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलिया इनम सापकोटासँगको सम्पर्क र भेटघाटका कारण विवादमा परेका सर्वोच्च अदालतका न्यायाधीशमाथि संसदीय कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। त्यसका लागि संसदीय दलको बैठक बोलाएर महाभियोग प्रस्ताव वा छानबिनको प्रक्रिया टुंग्याउने पार्टीको तयारी छ।रास्वपाका प्रवक्ता जगदीश खरेलले हिउँदे अधिवेशन सुरु भएपछि जनअपेक्षा अनुरूप न्या