काठमाडौं : युरोपेली संघ (ईयू) का पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई देशनिकाला गरी रुवान्डा पठाउने योजना सार्वजनिक गरेका छन् ।जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले सन् २०२७ देखि रुवान्डामा आप्रवासी फिर्ता केन्द्र (रिटर्न हब) सञ्चालन गर्ने तयारी गरेका हुन् । नेदरल्यान्ड्स र डेनमार्क सरकारले सोमबार यसको जानकारी दिएका हुन् ।यो योजना सम्बन्धित पाँच देशमा बसोबासको कानुनी अधिकार गुमाइसकेका र देशनिकालाको प्रक्रियामा रहेका आप्रवासीमा लागू हुनेछ । आफ्नो देश फर्काउन नसकिन