काठमाडौँ : अमेरिकाको म्यासाचुसेट्स राज्यमा आफ्नै तीन सन्तानको हत्या गरेको आरोप लागेकी लिन्डसे क्लेन्सीविरुद्ध आगामी वर्ष पुनः मुद्दा चलाइने भएको छ ।अदालतले सोमबार सुनुवाइ गर्दै सन् २०२७ मार्च २९ का लागि पुनः सुनुवाइको मिति तोकेको हो । यसअघि भएको सुनुवाइमा १२ सदस्यीय जुरीबीच एकमत हुन नसकेपछि अदालतले मुद्दामा सुनुवाइ निष्कर्षविहीन भएको घोषणा गरेको थियो ।३६ वर्षीया क्लेन्सीमाथि सन् २०२३ जनवरी २४ मा आफ्नै घरमा पाँच वर्षीया छोरी कोरा, तीन वर्षीय छोरा डसन र आठ महिनाका छोरा क्यालनको घाँटी कसेर हत्या गर