स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते

  • सोमबार १ मंिर २०८३ ०९:०० PM
काठमाडौं : रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ।रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएकोमा चिकित्सकले दिउँसो ४:३० बजे मृत घोषणा