विद्यानन्द बेदर्दीको गजल : ‘देश सुस्तरी चल्छ’ (गजल)

  • सोमबार १ मंिर २०८३ ०१:१६ PM
गजल सपनाको आकाशमा शब्दको परी चल्छ अहो! कविको त जिन्दगी यसैगरी चल्छ तिमी भन्छौ तिम्रो पानी चल्दैन मेरो गाउँमा आखिर पानीले चल्ने बिजुली कसरी चल्छ? म सजिन्छु, तिम्रो माया चल्छ मेरो श्रृङ्गारमा चल्न त बजारमा बढी, सुन अकबरी चल्छ कलम बेचेर सुईं-गोटी किन्छन् युवाहरूले यस्तै यस्तै कारणले यो देश सुस्तरी चल्छ राजधानीमा घर हुनेका मनमा चल्छ विदेश म राजधानी बस्नेको मनमा सप्तरी चल्छ मलाई प्यारमा, दोधारमा वा अँगारमा राख मन दिएँ, यो मनमाथि तिम्रै मनपरी चल्छ बलिदानीको मोलभाउ गर्छन् मालिकहरूले नसोच कि केवल सामानको तस्करी चल्छ — विद्यानन्द बेदर्दी अग्नीसाईर कृष्ण-सवरण-४, सप्तरी The post विद्यानन्द बेदर्दीको गजल : ‘देश सुस्तरी चल्छ’ (गजल) appeared first on Kalika Khabar.