नुवाकोट : तीन महिनादेखि सुस्त रहेको नुवाकोटको प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरूको आगमन बढेको छ।पशुपतिनाथको पर्यायका रूपमा रहेको नुवाकोटको राउतबेँसी _करेजुङ)स्थित प्रसिद्ध दुप्चेश्वर धाममा हिउँदयाम लागेसँगै विशेष पूजाआराधना गर्ने भक्तजनहरूको सङ्ख्या बढ्दै गएको हो। भक्तजनहरू बढेसँगै भेटी सङ्कलनमा समेत वृद्धि भएको छ। देवाधिदेव महादेव (भगवान् शिव)को वासस्थान रहेको मानिने यस धाममा बिदाको दिन तथा शनिवार, आइतवार र सोमवार विशेष भिड लाग्ने गरेको छ। अहिले दैनिक हजारौँको सङ्ख्यामा भक्तजनहरू यहाँ पु