काठमाडौं । बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् । सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो पटक हो । राजपरिवारका उक्त दम्पतीले मुम्बईबाट भ्रमण सुरु गर्ने बताइएको छ । उनीहरू मङ्गलबार ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुने कार्यक्रम छ