सप्तरी : जंगली हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ । बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि सप्तरीको सुरूङ्गा नगरपालिका–४ का गोपी चौधरीकोमृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए।उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । चौधरी जंगल नजिक पुगेपछि हात्ती कराएको र हात्ती जस्तै आवाज निकालेर कराएका चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ