ढल्केवर : धनुषामा एक युवक घरपछाडिको फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मिथिला नगरपालिका–१, ढल्केवर बस्ने वैद्यनाथ महतोका २२ वर्षीय छोरा अमरेश कुमार महतो सोमबार बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरी निरीक्षक उदय शम्शेर राणाले जानकारी दिए।सोमबार बिहान परिवारका सदस्य छठ घाटबाट घर फर्किँदासम्म अमरेश घर नआएपछि परिवारजनले उनको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा घरपछाडिकै फूलबारीमा उनी झुण्डिएको अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।अ