सिमरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सनक र लहडका भरमा चलिरहेको आरोप लगाएका छन्। बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै थापाले वर्तमान सरकार विधिमा नचलेको टिप्पणी गरे। ‘यो सरकारले ढंगले काम गरिहेको छ? विधिमा काम गरिरहेको छ?’ सम्बोधनका क्रममा थापाले भने ‘छैन, यो सरकार सनकका भरमा चलिरहेको छ। लहडका भरमा चलेको छ। सनक चलेकै भरमा निर्णय भईरहेको छ।’ संसदीय प्रणालीमा सरकार र प्रतिपक्षको आ–आफ्नै जिम्मेवारी हुने बताउँदै