अस्ताउँदो सूर्यलाई अर्घ दिँदा हात जोडिएका थिए, आँखामा श्रद्धा थियो, मनमा परिवारको सुख, शान्ति र समृद्धिको कामना थियो । बिहानैदेखि पोखरीका डिलमा भक्तजनको घुइँचो थियो । जलाशयमा उभिएर व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गरिरहेका थिए । घाटहरू दीप, दियो र बत्तीले झिलिमिली थिए । चारैतिर भक्तिमय वातावरण थियो । लोकगीतका मधुर धुनसँगै छठ पर्वको