प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग हुँदैन : मन्त्री पुन

  • सोमबार १ मंिर २०८३ ११:५९ AM
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् । सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शि रुपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् । बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पु¥याउन कोषको रकम खर्च भइरहेको उनले जानकारी दिए । मन्त्री पुनले विभिन्न संघसंस्था तथा विदेशी निकायहरूको इस्टिमेट अनुसार हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्सानी भएको भन्दै राहत ... The post प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग हुँदैन : मन्त्री पुन appeared first on Kalika Khabar.