दुधको मूल्यवृद्धि गर्न चितवनका दुग्ध किसानहरूको माग

  • सोमबार १ मंिर २०८३ ०६:०० PM
काठमाडौं : चितवनका दुग्ध किसानहरूले दुधको मूल्यवृद्धि गर्न माग गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। देशमा खाद्यान्न र पशु आहारको मनपरी मूल्यवृद्धिका कारण किसान मर्कामा परिरहेको उनले बताए। उनले प्रत्येक २ वर्षमा दुधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था गरिएको भए पनि सो विषयमा कुनै छलफल हुन