क्रिमिया पुललाई लक्षित गर्दै युक्रेनद्वारा एकै दिनमा १ हजार ३३६ ड्रोन प्रहार

  • सोमबार १ मंिर २०८३ ११:३० AM
काठमाडौं । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गर्दै एकै दिनमा १ हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति भएको नदेखिए पनि रुसी अधिकारीहरूले सुरक्षा सतर्कता अपनाउँदै यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो ।