ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक महिनामै ६४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना भक्तजनले मन्दिरको दर्शन गरेका हुन् । शनिबार एकै दिन ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । यो पछिल्लो तीन वर्षयताकै एकै दिन मन्दिर दर्शन