काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । बैंकको ९०औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले वित्तीय तथा आर्थिक अनुशासन कायम राख्न र अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गरेका हुन् । अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको नेपाल बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै