मन्त्रीका पीए पाण्डेको कोप–३१ सहभागितामाथि प्रश्न

  • सोमबार १ मंिर २०८३ १०:४६ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रीका निजी सहायक (पीए) शिरिष पाण्डे जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ मा मन्त्रालयको प्राविधिक तथा पूर्वाधार सल्लाहकारका रूपमा सहभागी भएपछि उनको जिम्मेवारी र आधिकारिक हैसियतबारे प्रश्न उठेको छ। मन्त्रीको निजी सचिवालयमा पीएको जिम्मेवारीमा रहेका पाण्डेले टर्कीमा आयोजित सम्मेलनमा नेपालको ऊर्जा रणनीति र पूर्वाधारसम्बन्धी विषयमा धारणा राखेका थिए। तर मन्त्रालयको प्राविधिक विज्ञका रूपमा उनको प्रतिनिधित्व कुन आधारमा भयो भन्ने विषय स्पष्ट हुन सकेको छैन। मन्त्रालय स्रोतका अनुसार पाण्डे इन्जिनियरिङ विषय अध्ययनरत छन्। उनी मन्त्रीको निजी सचिवालयमा पीएका रूपमा नियुक्त भएका व्यक्ति हुन्। यद्यपि, कोप–३१ मा भने ... The post मन्त्रीका पीए पाण्डेको कोप–३१ सहभागितामाथि प्रश्न appeared first on Kalika Khabar.