जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री मिथिलाबिहारी नगरपालिका-९ कटरेज टोल निवासी २६ वर्षीय प्रशान्तकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । गम्भीर घाइते भएका यादवको मृत्यु भएको हुँदा चालक र मोटरसाइकललाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए । The post मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु appeared first on Kalika Khabar.