दुर्घटनामा अकालमै बाबुरामको मृत्यु, दुधे बालकसहितको परिवार विचल्लीमा

  • सोमबार १ मंिर २०८३ ०५:०० PM
बुटवल : प्यूठानको झिमरुक गाउँपालिका–४, सुमन्तेकानाका बाबुराम रोका घरका एक्ला छोरा थिए। घरको कमजोर आर्थिक अवस्थाका कारण उनले पढ्ने उमेरमै मजदुरीका लागि भारतको बाटो समाउनुपर्‍यो। कक्षा ६ मा अध्ययनरत रहँदा नै घरखर्च धान्न भारत गएका बाबुरामको आउजाउ राम्रै चलिरहेको थियो। उनकै पौरखले वृद्ध बुवाआमा, दुधे छोरा, श्रीमती र बहिनीहरूको पालनपोषण भइरहेको थियो। ३२ वर्षीय बाबुराम विगत १४ वर्षदेखि निरन्तर भारतमा मजदुरी गर्दै आएका थिए।तिहारको समय थियो, गाउँघरमा चहलपहल बढेको थियो। परदेश गएकाहरू घर फर्किन