काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन्।सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा उपलब्ध गराएको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने उल्लेख गरे। बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्याउन कोषको रकम खर्च भइरहेको उनले बताए। हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्स