ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण सुरु नभएपछि आमरण अनसन सुरु

  • सोमबार १ मंिर २०८३ ०५:०० PM
ओखलढुंगा : मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल निर्माणको काम वर्षौंसम्म पनि अघि नबढेपछि स्थानीय बासिन्दा र जग्गादाताहरूले आमरण अनसन सुरु गरेका छन्। लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाई नभएपछि प्रादेशिक अस्पताल तथा मेडिकल कलेज संघर्ष समितिको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यालय परिसरमै अनिश्चितकालीन आमरण अनसन सुरु भएको छ। यसअघि गत फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनसमेत पूर्णरूपमा बहिष्कार गरेका टोक्सेलबासीले ओखलढुंगावासीले य