काठमाण्डु- नेपालले अर्बौं रुपैयाँ खर्च गरेर दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनायो। एउटा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा र अर्को नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा। दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक धावनमार्ग, टर्मिनल भवन र आधुनिक उपकरण जडान गरिए। विमानस्थल बनिसकेपछि अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, क्षेत्रीय पर्यटनले गति लिने र काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने