काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे)गरी सवारीसाधन चलाउने छन् । यो तथ्यांक कात्तिक महिनाको हो।ट्राफिक प्रहरी कार्यालयका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन् ।प्रहरीले मादकपदार्थ तथा लागुपदार्थ सेव