काठमाडौं : नेकपा (एमाले) ले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरिएको जनाएको छ।सोमबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्न, पार्टीपङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरी वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउन मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिएको जनाएको हो। मुलुकमा पछिल्लो समय देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर