जाजरकोट : पिकनिक खान गएका एक युवक भेरी नदीमा बेपत्ता भएका छन्। भेरी नगरपालिका-३ पिपलडाँडा निवासी ४३ वर्षीय बबी शाह बेपता भएको प्रहरीले जनाएको छ। भेरी नगरपालिका-१ छोटेबगरस्थित भेरी नदीमा सोमबार पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन्।प्रहरीका अनुसार शाह पिकनिक खान छोटेबगर पुगेका बेला दिउँसो करिब १२ बजेतिर नदीमा पौडी खेल्ने क्रममा बगेका थिए। उनीसँगै पिकनिक खान गएका डिल्ली रावलले दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय रिम्नामा फोनमार्फत घटनाबारे जानकारी गराएका थिए।घटनाबारे जानकारी प्राप्त