काठमाण्डु– नेपालको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावित भण्डारका रूपमा हेरिएको दैलेखको पेट्रोलियम अन्वेषण परियोजना पहिलो चरणको काम पूरा गरेर व्यावसायिक उत्खननको प्रतीक्षामा रहेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा गरिएको ड्रिलिङबाट प्राकृतिक ग्यासको ठूलो भण्डार रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभाग र चीन सरकारको