नेपालमा सडक दुर्घटना अब केवल यातायात व्यवस्थापनको प्राविधिक विषय रहेन । यो सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, आर्थिक उत्पादकत्व, सुशासन र राज्यको उत्तरदायित्वसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चुनौती बनेको छ । हरेक वर्ष हजारौँ नागरिक सडक दुर्घटनामा ज्यान गुमाउँछन् वा घाइते हुन्छन् । कतिपय परिवारको आर्थिक आधार भत्किन्छ, बालबालिकाको भविष्य प्रभावित हुन्छ र दुर्घटनाबाट बाँचेका मानिसले लामो