भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगणको यस वर्षको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ । जात्रा आगामी मंसिर १० गतेदेखि सुरु हुने भएको छ । तालिकाअनुसार मंसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरेर जात्रा सुरु हुनेछ । जात्रा मंसिरदेखि चैतसम्म भक्तपुरसहित काठमाडौं र काभ्रेका विभिन्न स्थानमा सञ्चालन हुनेछ ।