अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा

  • सोमबार १ मंिर २०८३ ०३:०० PM
बझाङ : बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा एक बालकसहित चारजना रहेका छन्। मृत्यु हुनेमा अन्दाजी ४० वर्षीया राममति महरा,१६ वर्षीया तारा महरा,६ वर्षीया डल्ली महरा र ४ वर्षीय रियास महरा रहेका छन्।  १२/१३ वर्षीय विक्रम महरा भने सकुशल रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सोमबार बिहान १०:२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल हुँदा