काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। राष्ट्रिय भेला अगाडि मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ। राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयवस्तुमाथि आवश्यक सुझाव र छलफल गर्न अध्यक्ष केपीशर्मा ओलीले बैठक बोलाएका हुन्।आचार्यका अनुसार भेलालगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको छ।