काठमाडौं । पोखरा एभेन्जर्ससँगको हारपछि काठमाडौं गोर्खाजका कप्तान करण केसीले विपक्षी टोलीको ब्याटिङ हेर्दा आफ्नो लक्ष्य खेल जित्नु नै रहेको बताएका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा करणले पहिलो १० ओभरमा रणनीतिअनुसार ब्याटिङ गर्न नसक्दा लक्ष्य पूरा गर्न नसकेको बताए । उक्त पिचमा ब्याटिङ गर्न त्यति असहज नरहेको उनको भनाइ थियो । हारका बाबजुद आफ्नो