सुर्खेत । मुगुको रारा ताल घुम्न जाने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएका तीनजनाको शव हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ । आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको गाडी दुर्घटना भएको थियो । दुर्घटनामा तीनजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत मृतक तीनैजनाको शव